दीप युनाइटेडले ‘देउसी भैलो’ कार्यक्रम गर्ने

पाेखरा | कात्तिक १२, २०८१

दीप युनाइटेडले ‘देउसी भैलो’ कार्यक्रम गर्ने

पोखरामा क्रियाशिल दीप युनाइटेड क्लबले तिहारको अवसरमा देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

पोखरा १६ स्थित दीप युनाइटेड पार्कमा आगामी १७ गते संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित विविध साँस्कृति कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिए ।

 

‘धेरै लामो समयसम्म दीप साँझ गर्याै । आठौं संस्करणसम्म हामीले निरन्तरता दिएका थियौं त्यसपछि यसलाई देउसी भैलेको रुपमा कार्यक्रम गर्न थालेका हौं, उनले भने, ‘यो वर्षपनि हामीले त्यही साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन लागेका छौ ।’

 

उनका अनुसार  सो कार्यक्रम दीप युनाइटेड पार्कमा यही कात्तिक १७ गते (भाइटिकाको अघिल्लो दिन) बेलुकी ६ बजेदेखि १० बजेसम्म हुनेछ ।

 

उक्त कार्यक्रममा स्थानीय कलाकारहरु र हिमाली साँस्कृति परिवारले विविन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्नेछन् । 

 

क्लबले हरेक वर्ष खुला रक्तदान, सचेतनामूलक कार्यक्रम र युवा तथा बालबालिका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

 

 


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्